मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेबाट निर्वाचित काठमाडौं- ४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

एमालेबाट निर्वाचित काठमाडौं- ४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

वरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले महर्जनसहित तीन जनालाई हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- नेकपा एमालेबाट निर्वाचित भएका काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

National life

जिल्ला अदालत काठमाडौंले वडाध्यक्ष महर्जनसहित ३ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। 

वरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले महर्जनसहित तीन जनालाई हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो।

अदालतले जारी गरेको आदेशमा वडाध्यक्ष महर्जनसहित ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ। सो मागदाबी पछि जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गर्न उल्लेख गरिएको छ। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई दिएको पक्राउ पूर्जी प्राप्त भएपछि फौजदारी कार्यविधि संहिता, २०७४को दफा ५८ (३) नम्बर बमोजिम प्रतिवादीहरु रहे भएको वा रहन बस्‍नसक्ने इलाकाको प्रहरीसँग समन्वय गरी निज प्रतिवादीहरु दिनेश महर्जन, ध्रुवप्रसाद त्रिपाठी, र मोहनबहादुर विष्टलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको छ।


प्रकाशित: Jun 28, 2022| 20:36 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।