काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ।
कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा शुरु गरेको हो।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको शुरु गरेको हो।
त्यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको शुरुवात गर्दै नागार्जुन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताए।
टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु अवसरको रुपमा रहेको बताए।
मेगा बैंकको देशभर १ सय १९ वटा शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा रहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४