बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको १३१ शाखाबाट जीवन बीमा गर्न सकिने 

ग्लोबल आइएमई बैंकको १३१ शाखाबाट जीवन बीमा गर्न सकिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्स कम्पनीबीच बिहीबार ब्यान्कासोरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
 
सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका १३१ वटै शाखाहरुमार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने जनाइएको छ। 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्स कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन्।
 
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ। 

हाल बैंकले १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवालगातयबाट सेवा प्रदान गरिरहेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्