मंगलबार, जेठ ५, २०८३

दुई दिन सडकमै थुप्रिने भयो काठमाडौं उपत्यकाको फोहोर

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरका कारण बञ्चरेडाँडासम्म गाडी आउजाउमा समस्या भएपछि दुई दिन फोहोर लैजाने काम रोकिएको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मत गर्न थालिएपछि मंगलबार र बुधबार उपत्यकाको फोहोर सडकमै थुप्रिने भएको छ।

National life

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरका कारण बञ्चरेडाँडासम्म गाडी आउजाउमा समस्या भएकाले दुई दिन फोहोर लैजाने काम रोकिएको हो। सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डंगुर पार गर्नुपर्ने बाध्यता छ।  

बर्खा सुरु भएसँगै फोहोर कुहिन थालेको छ। कुहिएको फोहर माथिबाट आउजाउ गर्दा दुर्घटना हुने खतरा भएकाले महानगरको वातावरण विभागले उपत्यकाबाट फोोहर लैजान बन्द गरेर उक्त स्थान सफा गर्न लागिएको जनाएको छ। महानगरकी वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्।   

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीबाट मात्र फोहोर व्यवस्थापन हुँदै आएको छ।

हरेक वर्ष बर्खाको समय नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन  समस्या बन्दै आएको छ।  

गत फागुनदेखि जेठसम्म सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो।

सिसडोल बञ्चरेडाँडाबासीको समस्या समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग महानगरले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भएको छैन।  

महानगरले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिमाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ। विभागका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक ५०० सय जरिमाना गरिनेछ।

प्रकाशित: Jun 28, 2022| 15:44 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।