मंगलबार, जेठ ५, २०८३

'सगरमाथाको क्याम्प-४ अत्यधिक प्रदूषण'

सगरमाथा आरोही डा. प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- सगरमाथा आरोही डा. प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन्। 

National life

१, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन्। नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले गत वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। 

कोभिड-१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो। 

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रो लक्ष्य रहेको उनले बताइन्। ‘हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्।

वाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन्। 

सगरमाथा आरोहणको क्रममा भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए। उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए। 

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उनले बताइन्। 

प्रकाशित: Jun 28, 2022| 15:08 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।