शनिबार, असोज ३१, २०८३

प्रदर्शन मिति भदौ २४ लाई तोक्दै 'गोर्खा: बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक

पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म 'गोर्खा : बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक भएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म 'गोर्खा : बिनिथ द ब्रेभरी'को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।

प्रदीप शाहीको निर्देशनमा तयार भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्। लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन्।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदीखत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्। नेपालमा प्रदर्शन हुनुभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ हुनेछ। नेपालमा फिल्मलाई आरआर फिल्मस् (रोहित-रत्न)ले वितरण गर्नेछ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको जानकारी दिएका छन्। त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन्। फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्र्याक छ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए। उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए। तर, उनी बाँच्न सफल भए। घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए। यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो। उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

प्रकाशित: Jun 28, 2022| 12:40 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।