मंगलबार, साउन १९, २०८३

सम्झिइँदै मदन भण्डारी

भण्डारीको जन्मजयन्तीलाई साताव्यापी मनाउन फाउन्डेसनले असार १० देखि १६ गतेसम्मका कार्यक्रम घोषणा गरिसकेको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७१औं जन्मजयन्ती मंगलबार विविध कार्यक्रमसहित मनाइँदै छ।

जन्मजयन्ती मनाउन एमालेका जनसंगठन र  मदन भण्डारी फाउन्डेसनले विभिन्न कार्यक्रम तय गरेका छन्। जन्मजयन्तीलाई साताव्यापी रूपमा मनाउन फाउन्डेसनले असार १० देखि असार १६ गतेसम्मका कार्यक्रम घोषणा गरिसकेको छ।

फाउन्डेसनले मंगलबार मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज): राष्ट्र निर्माणको आधार’ विषयमा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ।

२०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा नेता भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

प्रकाशित: Jun 28, 2022| 12:20 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।