मंगलबार, जेठ ५, २०८३

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर कञ्चनपुरमा एक र कैलालीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

धनगढी- चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर कञ्चनपुरमा एक र कैलालीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

मंगलबार बिहान चट्याङ लागेर पुनर्वास नगरपालिका-६ प्रतिभानगरका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको मृत्यु भएको हो। खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर श्रेष्ठको मृत्यु भएको वडा अध्यक्ष मानबहादुर गुरुङले बताए। 

यता, कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाई गर्न गएका  कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहान परेको चट्याङका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुना साथ प्रहरी निरीक्षक दानबहादुर रोकायको कमाण्डमा प्रहरी टोली घटनास्थल खटाइएको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Jun 28, 2022| 11:37 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।