मंगलबार, साउन १९, २०८३

दोलखामा भिरबाट लडेर एक मजदुरको मृत्यु

लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

चरिकोट- दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका-१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए। 

तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो। हाल शवपरीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतलामा राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 28, 2022| 10:51 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।