मंगलबार, साउन १९, २०८३

सिराहामा मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

सिरहा- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ। 

गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए।

प्रकाशित: Jun 28, 2022| 10:15 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।