मुग्लिन- वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहाज २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।
लेदो हटाएर आज बिहान ५:१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो।
अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।