बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बलात्कार गर्ने' लार्इ उन्मुक्ति दिएको भन्दै धनुषामा प्रदर्शन

'बलात्कार गर्ने' लार्इ उन्मुक्ति दिएको भन्दै धनुषामा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरमा कार्यरत एक कर्मचारीले बलात्कार गरेको भएपनि प्रहरीले उन्मुक्तपि दिएको भन्दै धनुषामा प्रदर्शन गरिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने एक महिलाले महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ४१ वर्षीय कर्मचारी रामरोहित मण्डललाई कर्मचारीले जर्बजस्ती करणी गरेको आरोप लगाएकी छिन्। गत मंगलबार राती मण्डल सुरुङ बनाएर घरभित्र पसी मुखथुनेर जर्बजस्ती करणी गरेको महिलाको दाबी छ।

घटना भएको दुई दिन अघि घरमा मिटर जडान गर्न आएका मण्डलले जर्बजस्ती करणी गरेको महिला तथा आफन्तको दाबी छ। विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी मण्डलले जर्बजस्ती करणी गरेको भन्दै कारबाहीको माग गर्दै पीडितका आफन्तले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका छन्। 

जर्बजस्ती करणी गरेको आरोप लगाइएका मण्डललाई प्रहरीले मंगलबार बिहान ४ बजे कार्यालयबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा संलग्नता नदेखिएपछि मण्डललाई प्रहरीले बुधबार अपरान्ह ३ बजे रिहा गरेको थियो।

महिला तथा आफन्तले मण्डलले बलात्कार गरेको आरोप लगाइरहँदा प्राधिकरणकै कर्मचारीले भने घटना भएको राति मण्डल ड्युटीमा रहेको दाबी गरेका छन् । मंगलबार राती प्राधिकरणका इञ्जिनियरसहित अन्य प्राविधिक कर्मचारीको साथ मण्डल विद्युत मर्मत कार्यका सिलसिलामा ढल्केबरतर्फ पुगेको प्राधिकरणमा कार्यरत कर्मचारी उमेश साहले बताए। 

साहका अनुसार विद्युत मर्मतसम्बन्धी काम सकाएर अन्य प्राविधिकहरुका साथ मण्डल मंगलबार राती करिब तीनबजे कार्यालय पुगेर त्यहीँ सुतेका थिए। महिलासँग घटना भएको राति मण्डल साथीहरुका साथ ढल्केतर्फ रहेको अनुसन्धानमा खुलेकोले रिहा गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।