शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो।
 |  मंगलबार, असार १४, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, असार १४, २०७९

काठमाडौं– सामान्यतया विमानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील मानिन्छन्। तर नेपालका विमानस्थलमा चराचुरुंगी तथा वन्यजन्तुले सास्ती पुर्‍याउँदै आएका छन्। यसले वायुयान सुरक्षामा थप चुनौती थपिएको छ। नेपालका विमानस्थलमा देखिने बँदेल, स्याल तथा कागलगायतले कुनै बेला विमान उडानसम्मलाई असर पुर्याउने गरेका छन्।

triton college

विशेषगरी राजधानीमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चराचुरुंगीको प्रभाव अधिक छ। उपत्यका बाहिरका विमानस्थलमा भने वन्यजन्तुको आतंकले वायुयानलाई प्रभाव पार्दै आएको हो।

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो। त्रिभुवन विमानस्थलकै धानमार्गको छेउछाउमा पनि बाक्लो झाडी छ। पछिल्लो समय भने केही संरचना बन्नाइँदै छ।

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो।

केही समयअघि विराटनगर विमानस्थलको धावनमार्गमा नीलगाई देखिएको थियो। नेपालगञ्जमा बेलाबखत बँदेल देखिरहन्छन्। यी र यस्तै घटनाका कारण विमानस्थलमा यात्रुले बारम्बार सास्ती पाउँदै आएका छन्। ठूला दुर्घटना हुनबाट भने जोगिएका छन्, विमानहरू।

corrent noodles
Metro Mart

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार सन् २०१९, २० र २१ लाई आधार मान्दा पछिल्लो वर्षमा वन्यजन्तु र चराचुरुंगीबाट हुने घटनामा वृद्धि भएको छ।

सन् २०२१ मा चराचुरुंगी र वन्यजन्तुका कारण मात्रै ६७ वटा घटना भएको देखिन्छ। यीमध्ये ५० वटा घटना चराचुरुंगीकै कारण घटेका छन् भने १७ घटना वन्जन्तुका कारण भएका छन्।

चराचुरुंगीका कारण तीन वर्षमा १२२ घटना, त्रिभुवन विमानस्थलमा मात्रै ४० प्रतिशत

पछिल्लो तीन वर्षमा नेपालका विमानस्थलमा कुल १२२ घटना चराचुरुंगीका कारण भएका छन्। ९ वटा विमानस्थलमा ती घटना देखिएका हुन्। त्रिभुवन अन्तर्राष्टिय विमानस्थ, पोखरा, भैरहवा, भरतपुर, लुक्ला, विराटनगर, नेपालगञ्जमा चरासँग सम्बन्धित घटना घटेका थिए। त्यस्तै, बाजुरा, सुर्खेत, चन्द्रगढी, धनगढी, राजविराज, सिमरा र रामेछापका विमानस्थलमा पनि चराचुरुंगीले असर गरेको देखिएको हो।

चराचुरुंगीबाट हुने घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी रहेको पाइएको छ। पछिल्लो तीन वर्षमा त्रिभुवन विमानस्थलमा चराचुरुंगीकै कारण ४९ वटा घटना भएका छन्, जुन तीन वर्षमा नेपालका सबै आन्तरिक, बाह्य विमान स्थलमा भएका घटनाको ४० प्रतिशत हो।

त्यस्तै, समीक्षा अवधिमा त्रिभुवनपछि विराटनगरमा १४ वटा र पोखरा विमानस्थलमा १३ घटना भएका छन्। चराचुरुंगीका कारण सन् २०१९ मा ४९, २०२० मा २३ र २०२१ मा ५० वटा घटना भएका हुन्।

नेपालगञ्ज, विराटनगर र भैरहवामा वन्यजन्तु आतंक

नेपालगञ्ज, विराटनगर र भैरहवा विमानस्थलका धावन मार्ग वन्यजन्तुका कारण सबैभन्दा बढी प्रभावित हुने गरेको प्राधिकरणको अध्ययन रिपोर्टले देखाएको छ। पछिल्लो तीन वर्षमा सबैभन्दा बढी नेपालगञ्जमा वन्यजन्तुका कारण ११ वटा घटना भएका छन्। त्यस्तै, समीक्षा अवधिमा विराटनगरमा १० र भैरहवामा ८ वटा घटना भएका छन्।

नियन्त्रणमा अल्पकालीन पद्धति

नेपालका विमानस्थलमा वन्यजन्तु र चराचुरुंगीका कारण हुने जोखिम न्यूनीकरणका बहस हुँदै आएका छन्। बहस चलाइँदै आए पनि कार्यान्वयन पक्ष भने फितलो छ।

जहाजलाई चराबाट जोखिम हुने देखिए डिभाइस (बम विस्फोटजस्तै हुने गरी आवाज आउने संयन्त्र) पड्काएर चरा धपाउने गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्। साथै, गँड्यौलादेखि लिएर बँदेलजस्ता जीवजन्तुका लागि धावनमार्गमा सुरक्षाकर्मी खटाइने गरेको निरौलाको दाबी छ।

गँड्यौलाको लागि ठेक्का नै लगाएर धावनमार्ग आसपास केमिकल छर्किंदै आएको उनले बताए। विमानस्थल आसपास वन्यजन्तुको बसाइ असहज बनाउन झाडी फडानीका साथै रेखदेखसमेत गरिँदै आएको उनका भनाइ छ।

प्रकाशित: Jun 28, 2022| 08:08 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्