मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् घरमा शुद्ध हावा फैलाउने 'एररफ्युरिफायर' बिरुवा

यी हुन् घरमा शुद्ध हावा फैलाउने 'एररफ्युरिफायर' बिरुवा

बिरुवाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्‍न सक्दैनन्। जैविक सन्तुलन वनस्पतीमै टिकेको छ। यसैले बोटबिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। अझ, घरमा रोपेको बिरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्‍न रोग लाग्‍नबाट समेत बचाउँछ। बिरुवाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ।

National life

एयरप्युरिफायर बिरुवा

चमेली

चेमेलीको फुल तेलको लागि प्रसिद्ध छ। दक्षिण भारतमा महिलाले सुन्दरताको प्रतिकका रुपमा चमेली फूल टाउकोमा पनि लगाउने गर्दछन्। हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनाव कम गर्नुका साथै बेचैनी हटाउँछ।  यसले गहिरो निद्रा जगाउनुका साथै शरीरमा सकारात्मक उर्जा संचार गर्दछ।

एलोवेरा

अनुहार सम्बन्धि विभिन्न समस्यामा एलोभेरा अर्थात घिउकुमारी लाभदायक मानिन्छ। त्यसैले त,  सौन्दर्यका विभिन्न प्रशाधनहरुमा एलोवेराको प्रयोग अधिक हुन्छ। एलोभेराको प्रयोगबाट अनुहार सुन्दर हुनुका साथै यसले निद्रासमेत लगाउँछ। सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्ने एलोभेराले रातको समयमा अक्सिजन छोड्छ, जसले गर्दा अनिद्राको समस्या हटेर जान्छ।

स्पाइडर प्लान्ट   

यत्रतत्र छरिएको यसको पत्ताबाटै यस वोटको पहिचान गर्न सकिन्छ। स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न मद्दत गर्छ। साथै, यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ।

तुलसी

स्वास्थ्यसम्बन्धी विभिन्न समस्यामा तुलसीको प्रयोग हुने गर्छ। तुलसीलाई विभिन्न औषधीको खानी पनि भन्ने गरिन्छ। त्यसैले त, गीत नै छ, ‘तुलसी आँगनमा रोपौंला।’ हुन पनि तुलसीलाई घर आगनमा रोप्नको धार्मिक र आध्यात्मिक मात्र हैन, औषधि महत्व पनि छ। घरको आँगनमा तुलसी रोप्दा वातावरण शुद्ध हुनुका साथै यसले रुघाखोकी, ज्वरो, दुखाईलगायतमा समेत शरीरलाई आराम दिन्छ। टाउको दुखेमा तुलसीको पात पिसेर टाउकोमा लगाउनुस्, टाउको दुखाई निकै हदसम्म कम हुन्छ। तुलसीको पातको लेप बनाएर अनुहारमा लगाउँदा कोमल हुनुकासाथै सुन्दर देखिन्छ।

प्रकाशित: Jun 28, 2022| 06:00 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।