मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

National life

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो। हायशको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको हो।

पैदल यात्रुलाई ठक्कर दिएपछि हायसले दायाँ च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो। दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।

हायसको ठक्करबाट मृत्यु हुनेमा ५२ वर्षीय देबकुमार सेन रहेका छन्। हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् चालक फरार छन्।


प्रकाशित: Jun 27, 2022| 22:02 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।