बिहीबार, फागुन २१, २०८२

‘आगामी केही हप्ता’मा बाइडेन र सीबीच फोनवार्ता हुने’

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

वाशिङ्टन- आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्।

दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ,” अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए। 'हामीले अहिलेसम्म समय तोकेका छैनौं,' उनले भने। केही दिनअघि उनले ‘छिट्टै’ फोन हुन सक्छ बताएका थिए।

दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो। उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए। 

छलफलका प्रमुख विषयहरूमा डोनल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने बिदेसको सम्भावित निर्णय हुने अपेक्षा गरिएको छ। ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय भएको थियो। यो निर्णयले चीन–अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो। 

kumari

यस दण्ड (अतिरिक्त कर) को उद्देश्य संयुक्त राज्य अमेरिकाले ब्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकहरूको सुरक्षा गर्नु रहेको बताइएको थियो।

यो कदम राजनैतिक तवरमा अमेरिकामा लोकप्रिय बनेको थियो तर संयुक्त राज्य अमेरिकामा ४० वर्षे उच्च मुद्रास्फीतिले गर्दा बाइडेनले मूल्य दबाब कम गर्ने उपाय खोज्ने क्रममा चिनियाँ सामान आयातमा लगाइएका केही अतिरिक्त कर विचार भइरहेको बताएका थिए। 

कुनै पनि निर्णय चाँडै आउनुपर्नेछ किनभने ट्रम्पले लगाएका अतिरिक्त शुल्कहरू छिट्टै नवीकरण नभएमा जुलाई ६ देखि तीमध्ये केहीको म्याद समाप्त हुनेछ।

प्रकाशित: Jun 28, 2022| 05:45 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।