बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहप्रति सरकार आक्रामक,  अधिकांश नेतालाई पक्राउ पुर्जी 

विप्लव समूहप्रति सरकार आक्रामक,  अधिकांश नेतालाई पक्राउ पुर्जी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएको छ। 

महासचिव नेत्र विक्रम चन्द सहित केन्द्रीय तथा जिल्लाका १३ जना भन्दा बढी नेता विरुद्ध देशैभरी पक्राउ पुर्जी जारी गरीएको छ। सो पार्टीका नेता काठमाडौंमा पक्राउ परेकोमा आक्रमक बनेको समूहले विभिन्न ठाँउमा तोडफोड आगजनी तथा बम विष्पोट गराउँदै आएको छ।

बुधबार कालिकोटको सदरमुकाम नजिकै कालीखोलाम बम विष्फोट गराउँदै गर्दा पक्राउ परेका २३ वर्षिय कासे दोर्जेको बयानका आधारमा अनुसन्धान गर्दा पार्टी केन्द्रको आदेशमा बम विष्फोट गराएको खुलेको थियो। त्यसपछि  जिल्ला प्रहरी कार्यालय कालीकोटले महासचिब नेत्रविक्रम चन्दसहित नेकपाका नेतामाथी पक्राउ पुर्जी जारी गरेको प्रहरी नायब प्रहरी उपरीक्षक बिनोद शर्माले नेपाल समय लाई बताए।

जिल्ला प्रहरी कार्यालय कालिकोटले संगठित अपराध, हतियार खरखजना तथा बिष्फोटक  पदार्थ ऐन अन्र्तगत मुद्धा दर्ता गरी पक्राउ पुर्जी समेत जारी गरीएको छ। 
 
नेता नेत्रविक्रम चन्द, पोलिटब्यूरो सदस्य भरतबहादुर वम “रणबिर”  पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्जलाई  पक्राउ पुर्जी जारी गरिएको छ। त्यसैगरी केन्द्रीय सदस्य  एटम बिसी , केन्द्रीय सदस्य विरेन्द्र उपाध्याय “भृकुटी”  जिल्ला सेक्रेटरी लोकजंग शाही,  अखील नेपाल महिला संघ क्रान्तीकारी जिल्ला अध्यक्ष शान्ता विक  जिल्ला अध्यक्ष “रणदिप” भन्ने मनिलाल एैलि, विद्यार्थी संघका जिल्ला अध्यक्ष अनिपाल विक, नहरिनाथ गाँउपालीका जनसरकार प्रमुख “अविचल” भन्ने बलबहादुर बुढा, राजकोट गाँउपालिका जनसरकार प्रमुख कमल शाही बिरुद्ध मुद्धा दर्ता गरी खोजी कार्य तीब्र पारीएको छ।
  
विप्लव समूहको गतिविधी बढदै गएछि नियन्त्रणको लागी सरकारलाई विभन्न क्षेत्रबाट दबाब बढेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।