आइतबार, वैशाख १३, २०८३

अफगानिस्तानमा ७० विद्यालयलाई भवनको आवश्यकता

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयहरूलाई विद्यालय भवनको आवश्यकता रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले सोमबार जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

National life
kumari

काबुल- अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयहरूलाई विद्यालय भवनको आवश्यकता रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले सोमबार जनाएको छ। यस प्रदेशका हजारौं विद्यार्थी वर्षौंदेखि भवनको अभावमा कठिनाइबीच पढ्न विवश छन्।

आधिकारिक तथ्यांकअनुसार हाल प्रदेशका विद्यालयमा ३६ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन्। तीमध्ये ६ कक्षा माथिका १६ हजार छात्राहरू भने विद्यालय जानबाट वञ्चित गराइएका छन्।

गत अगस्त १५ मा अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेदेखि छात्राहरुलाई विद्यालय शिक्षाबाट वञ्‍चित गराइएको छ। लगातारको दुई दशकभन्दा लामो युद्धका कारण अफगानिस्तानका भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको थियो। 

प्रकाशित: Jun 28, 2022| 05:00 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।