मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ। 

तामाङलाई धरौटीमा छुटाउन गरेको श्रव्य सामग्री बाहिरिएपछि सत्य तथ्य  अनुसन्धान गर्न बनेको छानबिन समितिले न्यायाधीश कोइरालालाई कामकाज गर्न रोक लगाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, 'न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्य सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेकोलगायतका विषयमा छानबिन गर्न समिति बनाइएको छ।'

न्याय परिषद्को न्यायाधीश कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय यही असार ८ गते गरेको थियो। न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक  तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्री सार्वजनिक भएको थियो। 

छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठका संयोजक, सदस्यमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्का न्यायाधीश महेश शर्मा पौडेल रहनुभएको छ। परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ।

उक्त सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानून व्यवसायी पोखरेलबीच कुराकानी भएको श्रव्य सामग्री सार्वजनिक भएको थियो। अनुसन्धानका लागि छानबिन समितिले न्यायाधीश कोइरालाई कामकाज गर्न वञ्चित गरेको छ।

प्रकाशित: Jun 27, 2022| 22:12 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।