मंगलबार, जेठ ५, २०८३

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- सशस्त्र प्रहरीको टोलीले सोमबार धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

National life

सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए।

जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए।

पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 27, 2022| 23:01 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।