मंगलबार, जेठ ५, २०८३

काठमाडौं महानगरका सडकमा खानेकुरा बेच्‍न प्रतिबन्ध

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं-  काठमाडौं महानगरपालिकाले हैजा रोकथाम अभियान अन्तर्गत काठमाडौंका सडकमा खानेकुरा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।

National life

उनले भने, 'होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ। यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेका छौं।' 

सोमबारदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४ सैं घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ। यस अघि कोविड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो। 

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख शाहको भनाइ छ। जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले, नगरबासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन्।

‘हैजा रोकथाम गर्न नागरिकका सचेतनाका लागि सबै वडामा वातावरण व्यवस्थापन विभागमार्फत एक हप्ता माइकिङ् हुँदैछ। विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमुलक कार्यक्रम हुँदैछ,’ महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भने, ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौं। बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएका छौं।’  

हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने महानगरले निर्णय गरेको छ। 


प्रकाशित: Jun 27, 2022| 20:52 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।