बिहीबार, असार ३२, २०८३

नेप्से समान्य अंकले बढ्दा कारोबार ४५ करोड ९६ लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से परिसूचक बिहीबार परिसूचक ०.६१ अंक बढेर १ हजार २१०.३२ विन्दुमा पुगेको छ । नेप्से बजारमा अएका अधिंकाश समूहको परिसूचक राताम्य हुदा पनि परिसूचक सामान्य अंकले बढेको हो।
 
बिहीबार १६६ कम्पीहरुको ६ हजार ५१५ शेयर १३ लाख ७५ हजार ६०२ पटक खरिद बिक्रीबाट ४५ करोड ९६ लाख ८६ हजार १११ रुपैयाँ कारोबार भएको छ।
गएको दिन २८.७३ नेप्से परिसूचक बढ्दा बिहीबारकोभन्दा ९ करोड ९५ लाख २२ हजार ६५३ रुपैयाँ कम ३६ करोड १ लाख ६३ हजार ४५८ रुपैयाँको मात्रै कारोबार भएको थियो।

११ वटा समूहमध्ये दुई समूहको परिसूचक बढेको छ। भने बाँकी सबै समूहको परिसूचक रातो भएको छ। बढेकोमा उत्पादनमुलक समूहको परिसूचक ७७.३२ अंक र बैंकीङ समूहको परिसूचक ४.१ अंक बढेको छ। 

त्यसबाहेक सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको परिसूचक २९.८७, होटेल समूहको २७.२५, नन लाईफ इन्स्योरेन्सको २०.७७, हाइड्रोपावरको परिसूचक १६.७७, माइक्रोफाइनान्सको परिसूचक १३.७८ अंक घटेको छ।

त्यस्तै व्यापार समूहको ३.७१, विकास बैंकको २.५३, फाइनान्सको २.७५ र अन्य समूहको परिसूचक २.६४ अंक घटेको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्