सोमबार, फागुन १८, २०८२

मंगलबारदेखि हुँदै खुला बागमती प्रदेश न्यू डायमन्ड भलिबल कप

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

kumari

काठमाडौं– असार १४ गते मंगलबारदेखि कीर्तिपुरस्थित मल्टिप्रपोज कभर्ड हलमा बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन हुँदै छ। खेल आयोजक न्यू डायमन्ड स्पोर्टस् क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो। 

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजक न्यू डायमन्डसहित दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लब, परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौं गरी चार टिमले सहभागिता जनाउनेछन्।

तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पहिलो विजेताले ५ लाख, उपविजेताले २ लाख ७५ हजार, तेस्रो हुनेले १ लाख २५ हजार र चौथो स्थान हासिल गर्ने टिमले ७५ हजार रुपैयाँका साथै प्रमाणपत्र र सिल्ड पुरस्कारस्वरुप प्राप्त गर्नेछन्।

प्रकाशित: Jun 27, 2022| 15:52 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।