बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव तस्करीमा संलग्न युक्रेनी नागरिक प्रहरी नियन्त्रणमा

मानव तस्करीमा संलग्न युक्रेनी नागरिक प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको पुतलीसडकमा अवैध कार्यालय सञ्चालन गरी पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दूई युक्रेनी नागरिकलाई नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा युक्रेनी नागरीक २६ बर्षिया  विटाली विल्या तथा  तथा २३ बर्षिया नाटालिया मेल्याचुक छन। पर्यटक भिषामा २६ अप्रिल २०१८ मा नेपाल आएका उनिहरुले पुतली सडकस्थित भाडाको घरमा पिपुल वर्क ग्रुप नामाको कार्यालय मार्फत पोल्याण्डमा माषीक एक लाख देखि एकलाख पचास हजार सम्म लिई जनही सातलाख पचार हजार लिने गरेको उजुरीको आधारमा पक्राउ गरेको अपराध महासाखाले जनाएको छ। 

उदयपुर वेलगर का २६ बर्षिय बुद्धिराज बिष्ट सहित ९ जनालाई भाइवर मार्फत सम्पर्क गरी ठगिगरेको उजुरीको आधारमा उनिहरु पक्राउ परेका हुन। उनिहरुले सामाजीक संजाल भाईबरको प्रयोग गरी ६०० भन्दा बढि लाई ढगि गर्ने योजना बनाउदै गर्दा अपराध महासाखाको टोलीले नियन्त्रणमा लिएको हो।

मुलुकी ऐन ठगी महल अनुसार झुक्याई, विश्वासमा पारी ठगी गरेका उनिहरुलाई कसुरको बिगो भराई बिगो बमोजिमको जरिवाना तथा पाँच बर्ष कैद हुने कानुनी व्यवस्था छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।