मंगलबार, असार १६, २०८३

नेपाली महिला क्रिकेट टोली फर्कियो स्वदेश

एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– वर्षाले बाधक बनेको खेलमा शुक्रबार युएईविरुद्ध पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ।

एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो।

सेमिफाइनलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरे पनि वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो। योसँगै नेपाल एसियन कप २०२३ का लागि छनोट हुन सकेन।

समूह चरणमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित ग¥यो। तर अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भयो।

पराजित भएसँगै नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो। सेमिफाइनलमा समूह ‘ए’ को विजेता युएईविरुद्ध खेलेको थियो।

वर्षाका कारण खेल अवरुद्ध भए पनि युएई समूह विजेता हुँदै प्रतियोगिताको नियमअनुसार फाइनल प्रवेश गरेको थियो। युएईले फाइनलमा मलेसियालाई हराउँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो।

प्रतियोगितामा नेपालकी अश्मिना कर्माचार्य उत्कृष्ट बलर घोषित भइन्। सेमिफाइनलमा युएईविरुद्धको खेलमा पाँच विकेट लिएकी उनले प्रतियोगितामा जम्मा आठ विकेट लिइन्।

प्रकाशित: Jun 27, 2022| 12:46 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।