बिहीबार, असार ३२, २०८३

कलंकी अन्डरपास भोलिदेखि चल्ने, अब जाम कम हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कलंकीको अन्डर पास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । अन्डरपास सञ्चालनमा आएपछि कलंकीमा हुने जाम हट्ने विश्वास गरिएको छ । कलंकीमा बाहिरबाट आउने गाडी तथा उपत्यकामा गुड्ने गाडीको 'जक्सन' भएकाले बढी जाम हुने गरेकोछ ।

कलंकी-कोटेश्वर सडक विस्तारअन्तर्गत् अन्डरपास निर्माण भएको हो । समग्र परियोजना डिसेम्बर २०१२ र अन्डरपास सन् २०१६ मा निर्माण थालिएको थियो । कलंकी-कोटेश्वरमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ २/२ लेनका सर्भिस र साइकल ट्रयाक निर्माणाधीन रहेको इन्जिनियर निरञ्जन अर्याल शर्माले जानकारी दिए ।
 
चीनको अनुदान सहयोग र चिनियाँ कम्पनी 'दी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन'को डिजाइनअनुसार उक्त 'अन्डरपास' चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो । नेपालकै पहिलो अन्डरपास सुरुङको लम्बाइ आठ सय मिटर छ । 



अन्डरपास बनेपछि बल्खुबाट स्वयम्भु जाने गाडी सोही अन्डरपासबाट जानेछन् भने थानकोटबाट काठमाडौं भित्रिने गाडी अन्डरपास माथिबाट गुड्नेछन् । यसबाट कलंकीको जाम हट्ने अपेक्षा गरिएको छ । 

यस्तै, कलंकी-कोटेश्वर चक्रपथ विस्तार आयोजनाअन्तर्गत् निर्माणाधीन सडकखण्ड औसत ३८ दशमलव पाँच मिटर फराकिलो तथा १० दशमलव चार किलोमिटर लम्बाइको छ । सडक विस्तार पनि अन्तिम चरणमा पुगेको छ । 

बल्खुदेखि कोटेश्वरसम्मको आठ दशमलव ६ किमि खण्डमा एक तहको कालोपत्रे, फिनिसिङ, फुटपाथ र ट्राफिक लाइटहरूलगायतकफ काम सकिएक काम भइरहेको छ । 

बल्खुदेखि कलंकीसम्मको एक दशमलव चार किमि सडकमा 'रिटेनिङ', 'ड्रेन', 'पाइप कल्भर्ट'लगायत तयार भइसकेका छन् । कालोपत्रे भने बाँकी छ । सोही योजनाअन्तर्गत्को कलंकीबाट सीतापाइला जोड्ने सडकको पुल निर्माणाधीन छ । परियोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।