बिहीबार, मंसिर ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा इन्धन वितरणलाई सहज पार्न आजदेखि टोकनको व्यवस्था

श्रीलंकामा इन्धन वितरणलाई सहज पार्न आजदेखि टोकनको व्यवस्था

श्रीलंकामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ। इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलंकाका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

कोलम्बो- श्रीलंकामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ। इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलंकाका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए। 

National life

कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलंकाली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न सर्वसाधारणलाई टोकन नम्बर दिइने बताउनुभयो।

सर्वसाधारणलाई पाएक पर्ने पेट्रोल स्टेसनमा आफ्नो मोबाइल नम्बर दर्ता गर्न अनुरोध गरिएको छ। इन्धन उपलब्धताका आधारमा ग्राहकलाई ती स्टेसनबाट फोन गर्ने र सूचना दिइनेछ। यसको प्रहरी तथा सरकारी निकायले अनुगमन गर्नेछन्। 

प्रदेशमा पछिल्लो इन्धन ढुवानीको मिति निश्चित नभएको बताउँदै रूसबाट इन्धन आयात र अन्य सम्बन्धित विषयमा छलफल गर्न दुई मन्त्री सोमबार रूस प्रस्थान गर्ने उनले बताए।

खराब आर्थिक सङ्कटको सामना गरिरहेको र इन्धनलगायत आवश्यक कुराहरूमा अभाव भएको श्रीलंकामा सवारी चालकहरू हप्तौंदेखि इन्धन केन्द्रबाहिर लाम लागिरहेका छन्।

Laxmi sunrise bank
kumari

श्रीलंकाका दुई इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेसन र लंका आइओसीले आइतबार इन्धनको मूल्य वृद्धि गरेको घोषणा गरेका छन्। यो वर्ष श्रीलंकाले चौथो पटक इन्धनको मूल्य बढाएको छ।

प्रकाशित: Jun 27, 2022| 05:00 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।