आइतबार, मंसिर ७, २०८२

खानीडाँडामा खेलसम्बन्धी तालिम

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने। उनले भनिन, ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ।’ उनले खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन। खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्‍याउने बताइन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

धनगढी- खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुई दिने तालिम कैलालीमा सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्‍च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषद्‌को आयोजनामा कैलालीको चुरे गाउँपालिकामा तालिम सुरु भएको हो।

National life

मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरमा हस्ताक्षर गरेर समुदघाटन गरिकी छन्। 

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने। उनले भनिन, ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ।’ उनले खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन। खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्‍याउने बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले मञ्चले प्रदेशमा खेलकुदको विकासमा थप बल दिइरहेको बताए। उनले खेलकुद मञ्‍चमा आवद्ध पत्रकारकै कारण यस प्रदेशमा ओझेलमा रहेका खेल क्षेत्र र खेलाडीहरुलाई देशभरी चिनाउन कलममार्फत योग्दान पुर्‍याइरहेको बताए।

मञ्‍चका उपाध्यक्ष श्रवण देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए। तालिममा कान्तिपुरका खेलकुद पत्रकार हिमेश ब्रजाचार्य, खेलकुद पत्रकार मञ्चका गोविन्दराज नेपाल, विराट जंग रायमाझि, अञ्जन खड्का लगायत प्रशिक्षक छन्।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jun 26, 2022| 21:20 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।