शुक्रबार, वैशाख १४, २०८१

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...
 |  आइतबार, असार १२, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, असार १२, २०७९

‘रक्सी खाने श्रीमान् पर्‍यो                 

triton college

ढुंगाको मन माइतमा

 दुःखारी जन्मे रैछु

कस्तो साइतमा...’ 

शुक्रबार रातको १:२० बजे लोकगायिका दिलमाया सुनारको फेसबुकमा देखिएको ‘म थाकेँ, अब बाँच्‍न सक्दिन’ आशयको लामो सुसाइड नोट मुन्तिर केही भिडियो क्लिपहरु पनि छन्। माथिको हरफ तिनैमध्येको एक हो, जुन उनी आफैंले गाएको दोहोरी गीतको थियो। 

corrent noodles
Metro Mart

दिलमायाको दोहोरीमात्रै सुन्‍नेहरुलाई यो एउटा गीतमात्रै लाग्‍न सक्छ, तर जसले दिलमायालाई नजिकबाट बुझेको छ, उनीहरुलाई थाहा छ, यो उनले आफ्नै मन बुझाउन गाएको पीडाको गीत थियो। उनले यसअघि दिएको युट्युब अन्तरवार्ताहरु फर्केर हेर्दा पनि थाहा हुन्छ, आफ्नाहरुसँग टाढिएपछि उनी साह्रै विक्षिप्त थिइन्। 

शनिबार बिहान नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी दिलमायाको मृत्युलाई लिएर अहिले अनेक प्रश्‍नहरु उब्जिरहेका छन्। हत्या हो या आत्महत्या? आफैं सलको पासो लगाइन् या अर्कैले लगाइदियो? आफैँ फेसबुकमा लेखिन् या अर्कैले लेखिदियो? 

त्यसरात उनको कोठामा उनको प्रेमी पनि रहेको तथ्यले उनको मृत्युलाई झन् रहस्यमय बनाइदिएको छ। अझ ढोका खुल्ला छोडेर भाग्‍नु, घाँटीको सल महाराजगन्जस्थित नालीमा लगेर फाल्नु र उनले फेसबुक चलाएको मोबाइल गायब हुनुले उनको मृत्युमाथि झन् धेरै शंका गर्ने ठाउँहरु छाडिदिएको छ।

यद्यपि पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि यी सबै रहस्यका पर्दाहरु उघ्रिँदै जालान्। तर, दिलमायाका पछिल्ला अन्तरवार्ताहरु केलाएर हेर्दा उनले पटक-पटक आत्महत्याको प्रयास गरेको देखिन्छ। 

जब उनको डिभोर्स गरिसकेको श्रीमान्‌बारे प्रश्न उठ्थ्यो, त्यसपछि प्रायःभिडियो अन्तरवार्ताहरुमा उनी गहभरी आँशु झार्दै रोएकी छन्। ‘म पल-पल मरेर बाँचेछु,’उनले एकवर्षअघि लालिगुराँस टिभीमा दिएको अन्तरवार्तामा भनेकी छन्। 

यसको कारण? 

कारण, उनको वैवाहिक सम्बन्ध नै देखिन्छ। सुर्खेत घर भएकी उनले १४ वर्षको उमेरमा भागी विवाह गरिन्। तर, उनले बताएअनुसार बिहे गरेको सात दिनपछि नै उनका श्रीमान्‌ले उनलाई पिट्न थाले। त्यसपछि उनका पीडादायी दिन सुरु भए। हरेक दिन रक्सी खाएर आउने, अनि आफूसहित आमाबुबा सबैलाई पिट्ने। श्रीमान्‌को लगातारको यातना सहन नसकेपछि आफूले १२ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउँदै डिभोर्सको कागजमा हस्ताक्षर गरेको खुलाएकी छन्। 

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ,’ एक वर्षअघि लालिगुराससँगको अन्तर्वार्तामा उनले यो घटना रुँदैरुँदै सुनाएकी छन्। 


 

छोरा पाल्न र हातमुख जोर्न गाह्रो भएपछि उनी कुवेत र ओमन पनि गइन्। केही वर्ष त्यहाँ बिताएपछि लागेको ऋण तिरिन्, त्यसपछि घर पनि बनाएको उनले खुलाएकी छन्।  

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...।

विदेशबाट तीन वर्षअघि घर फर्किँदा छोरा ८ वर्षको भएको थियो। तर डिभोर्सका क्रममा छोरा उनीसँग जान मानेन। ‘विदेशमा तँजस्तै बच्चा काँटेर आ’को हो तेरो ममी भनेर भनेछन् श्रीमान्‌ले। त्यसपछि बाबु मसँग बस्‍न मानेनन्। मलाई देख्दाखेरी भाग्थ्यो। अहिले सबै कुरा बुझ्‍ने भएको छ। मामु मलाई लिन कहिले आउनुहुन्छ भन्छ,’ उनको अन्तरवार्ताहरु हेर्दा सबैभन्दा बढी चिन्ता छोराकै सुनिन्छ। अनि सबैभन्दा बढी पीडा पनि छोरासँग अलग्गिएर बस्‍नुपर्दा देखिन्छ। 

‘मलाई सबैभन्दा पिर सन्तानको छ। मर्ने कोशिश त मैले पटक-पटक गरेको हो तर छोरा सम्झिएर सकिनँ,’ उनले एक वर्षअघि दिएको अन्तरवार्ता पनि यही भनेकी छन्। 

०००

श्रीमान् र माइतीपक्षबाट टाढिएपछि पछिल्लो समय दिलमाया काठमाडौंमै संघर्षरत थिइन्। यतै दोहोरी साँझमा काम गर्थिन्। काठमाडौंमा उनको मिठो स्वर र पीडादायी कथा सुनेपछि लोक गायिका टिका पुनले सक्दो सहयोग गरेको उनी स्वयम् भन्थिन्।  

लाइभ दोहोरीमा खप्पिस थिइन् उनी । भन्थिन्, ‘गाउँमा घासदाउँरा गर्न जाँदा बुढी आमाहरु मेरो दोहोरी सुन्‍न रुचाउनुहुन्थ्यो।’ गीत रेकर्ड गर्ने ठूलो रहर थियो, उनलाई। एक वर्षअघि टिका पुनमार्फत युट्युबहरुमा छाएपछि उनी चम्किएकी थिइन्। केहीसमयअघि मात्रै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट नवगायिकाको अवार्ड जितेकी थिइन्। 

‘अथाह सम्भावना बोकेकी गायिका थिइन्, उनी। बाहिर खुसी देखिए पनि भित्र पीडैपीडामा बाँचेकी रहेछन्,’ लोकदोहोरी गायक कृष्ण रेउले भन्छन्। 

आइतबार लोक कलाकारहरु सयौंको संख्यामा महानगरीय प्रहरी वृत्त बालाजु पुगेका थिए। उनीहरुकै एउटै माग थियो- घटना शंकास्पद देखिएकाले निष्पक्ष छानबिन हुनुपर्‍यो। 

त्यसो त प्रहरीले शुक्रबार राति उनीसँगै रहेका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरिसकेको छ। तर, प्रहरीका अनुसार उनले अहिलेसम्म दिलमायाको मृत्युमा आफ्नो हात नभएको बताइरहेका छन्। तर, प्रारम्भिक अनुसन्धानले सूर्य र दिलमाया पछिल्लो समय प्रेम सम्बन्धमा रहेको र दिलमायाको डेरामा सूर्यको आउँजाउँ बाक्लै रहेको देखाएको छ। 


 अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार सूर्यले तीन महिनाअघि काठमाडौं चुच्चेपाटीस्थित एक दोहोरी साँझबाट आफूहरुको चिनजान भएको बयान दिएका छन्। दोहोरीसाँझमै चिनजान भएपछि माया बसेको उनले बताइरहेको छन्। प्रहरीसँगको सोधपुछमा उनले पनि दिलमायाले आफ्नो छोराबारे धेरै चिन्ता व्यक्त गर्ने गरेको खुलाएका छन्। 

‘यसअघि पनि एकपटक विष खाएर आत्महत्या गर्ने प्रयास गरेकी रहेछन्,’ अनुसन्धानमा संलग्‍न ती प्रहरी अधिकारीले भने, ‘त्यतिबेला म आफैँले अस्पताल लगेर बचाएको बयान दिइरहेका छन्, खिलबहादुर। त्यसपछि औषधि पनि खाइरहेकी रहेछन्।’

भक्तपुर घर भएका खिलबहादुर सुन व्यवसायी हुन्। विवाहित रहेका उनको ४ छोराछोरीसमेत रहेको खुलेको छ। घाँटीमा पासो लगाइएको सल फालेको बारे उनले खुलाए पनि दिलमायाको मोबाइलबारे आफूलाई केही थाहा नभएको बयान दिइरहेका छन्। ‘हामी दुबैले खशीको मासु र लोकल रक्सी खाएका थियौं। त्यसपछि म निदाएँ। पछि के भयो थाहा भएन। बिहान उठ्दा उसलाई मरेको अवस्थामा देखेर आत्तिएँ। त्यही डरले उनको घाँटीमा रहेको सल महाराजगञ्‍जतिर नालीमा लगेर फालेको हुँ,' श्रेष्ठले प्रहरीसँग यस्तै बयान दिएका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार खिलबहादुरले भनेकै लोकेशनमा सल फेला परे पनि मोबाइल नभेटिनु अझै शंकास्पद छ। ‘पोष्टमार्टम रिपोर्ट कुर्दैछौं। राति या भोलिसम्म आउँला,’ उनले भने। 

सुर्खेतमा रहेका दिलमायाका बुबा काठमाडौं आएर महानगरी प्रहरी वृत बालाजुमा किटानी जाहेरीसमेत दिएका छन्। दिलमायाका प्रेमी श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा आइतबार जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित: Jun 26, 2022| 20:45 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।