आइतबार, वैशाख २८, २०८२

दुई मन्त्रीको बिदाइ पत्रकार सम्मेलन : झाँक्री भावुक, आले आक्रोशित

दुई मन्त्रीको पत्रकार सम्मेलनको दृष्य फरक–फरक देखियो। झाँक्री पूरै भावुक भइन् भने आले हतास र हडबडाएका।
 |  आइतबार, असार १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

vianetvianet

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गठबन्धन सरकारमा सहभागी भएका दुई मन्त्री आइतबार सरकारबाट फिर्ता भए। पार्टीले फिर्ता बोलाएको निकै दिनपछि सहरी विकासमन्त्री रामकुमारी झाँक्री र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाए र आ–आफ्नो मन्त्रालयमा बिदाइ पत्रकार सम्मेलन आयोजना गरे।

triton college

दुई मन्त्रीको पत्रकार सम्मेलनको दृष्य फरक–फरक देखियो। झाँक्री पूरै भावुक भइन् भने आलेमा हतास र हड्बडाहटपनका साथै आक्रोश थियो।

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिवले मन्त्री झाँक्रीको तारिफ गर्दै उनको पालामा भएको कामको फेहरिस्त सुनाए। 

उता सहरी विकासमन्त्री झाँक्री भने पत्रकार सम्मेलनमा 'सुँक्कसुँक्क' गर्दै थिइन्। टिस्यु पेपरले आँखा र नाक पुछिरहिन्। उनले आफू बोल्न सक्ने अवस्थामा नरहेको बताइन् र अनौपचारिक कुराकानी गर्न थालिन्। त्यसक्रममा उनले केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा घरको तस्बिरको चर्चा पनि गरिन्। अब सो घर 'फिनिसिङ' गर्ने भन्दै उनले ठट्टा गरिन्। 

बिदाइ कार्यक्रम अनौपचारिक बनिदियो। मन्त्रालयका कर्मचारीले मन्त्रीको प्रशंसा गरेपछि सञ्चारकर्मीले पनि जाँदै गरेकी मन्त्रीलाई प्रश्न गरे। त्यतिञ्जेलसम्म पनि झाँक्री आँसु पुछिरहेकै थिइन्। आफूलाई रिस उठ्ने प्रश्न सोध्न पत्रकारहरुलाई आग्रह गरिन्। भावुक नभई उत्तर दिन पत्रकारले आग्रह गरेपछि उनले अलि सहज भएर बोल्ने प्रयास गरेकी थिइन्।  

National life insurance

तैपनि उनी बोल्न सकिनन्, उनको तर्फबाट सचिवले जवाफ दिए। आफूले संसदमा बोलेको भन्दै बोल्न इन्कार गरिरहिन्। 

निकै पछि राजनीतिक प्रश्न गरेपछि मात्रै उनी सम्हालिइन्। मन्त्रीबाट फिर्ता हुन किन यति सकस भन्ने आशयको प्रश्नमा उनले पार्टीबाट निर्णय भएपछि फिर्ता हुनुपर्ने कुरा सामान्य भएको बताउँदै कसरी फिर्ता हुने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुने बताइन्। राजनीतिक विषयमा बोल्दा केही सम्हालिएकी झाँक्री फेरि आँशु झार्न थालिन् र पछि बोलौंला भन्दै बाहिरिइन्।

उता, पर्यटनमन्त्री आलेको बिदाइ पत्रकार सम्मेलनको दृष्य यो भन्दा फरक थियो। पत्रकार सम्मेलन अव्यवस्थित थियो। कार्यक्रम ५ बजे सुरु हुने भनिए पनि समयमा सुरु भएन। साउन्ड सिस्टममा समस्या आइरहेको थियो। ‘साउन्ड के भयो? बोलाउनुस त्। बोलाउनु न बोलाउनु। अघि नै रेडी गर्न पर्दैन!,’ उनले नजिकै रहेका व्यक्तिलाई कुर्सी तानेर बस्न अर्डर दिए, ‘ए हेमन्त त्याँ दुई वटा कुर्सी तानेर याँ बस त।’ पत्रकार सम्मेलन सुरु हुँदा पनि आलेको छटपटी सकिएको थिएन। 

आलेले सिधै राजनीमापत्र वाचन गरे। त्यसपछि उनले भने, ‘गर्मी! यो एसी खोलेन कि क्या हो!'

पत्रकार  सम्मेलनमा  आलेले पर्यटनमन्त्री र सचिव कुन व्यक्तिलाई नियुक्त गर्ने भनेर ठूला निजी एयरलाइन्स कम्पनीहरुको ठूलो चलखेल गर्ने गरेको आरोप लगाए।  आफूले कहिल्यै पनि कानुनविपरीत काम नगरेको उनले दाबी गरे।

'नेपाल एयरलाइन्स बाहेकका नेपालका ठूला चलखेल गराएर आफूले अह्राएर मान्ने मानिसलाई मन्त्री र सचिव बनाउने गरेका छन्,' आलेले भने, 'म त्यो बाहिरको मानिस हो। मैले कहिले पनि कानुनविपरीत गरिनँ।'

प्रकाशित: Jun 26, 2022| 18:51 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...