शनिबार, मंसिर ६, २०८२

प्रशिक्षक अलमुताइरी नेपाल फर्किन सकारात्मक

नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अब्दुल्लाह अलुमताइरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अलमुताइरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको हो।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं-  नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अब्दुल्लाह अलुमताइरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अलमुताइरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको हो।

National life

व्यवस्थापनको विषयलाई लिएर अलमुताइरी र सिनियर खेलाडीबीच विवाद सुरु भएको थियो। अलमुताइरीले उपकप्तान रोहित चन्दसहित  दश खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालिदिएका थिए। उक्त घटनापछि छानबिन गर्न गठित कार्यदलले प्रशिक्षकले एकलौटी र आफुखुसी काम गरेको हुँदा ‘चेन अफ कमान्ड’ अनुसार काम गर्न निर्देशन दिएको थियो। 

एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो। त्यहि निर्णयअनुसार एन्फा सचिवालयले हाल कुवेतमा रहेका अलमुताइरीसँग कुराकानी गरेको हो। जसमा उनी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको बताएको छ। हाल उनी कुवेतमा उपचार गराइरहेका छन्। नेपालले कुवेतमा एसिया कपको छनोट खेलेपछि नेपाल फर्किएका छैनन्।

एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ। उनलाई खान र बस्‍न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ।

विगत केही समयदेखि उनी विवादित बनिरहेका छन्। फेसबुकमा लेख्‍ने स्टाटसदेखि खेलाडीहरुलाई गर्ने व्यवहारबाट समेत उनी बेला-बेलमा विवादमा तानिएका थिए। केही दिनअघि उनले फेसबुकमा आफ्नो सम्झौता २०२४ सम्म भएको र छिट्टै नेपाल फर्किने भन्दै प्रतिक्रिया दिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 26, 2022| 18:26 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।