बिहीबार, असार ३२, २०८३

नेकपा असफल भएर कांग्रेस सफल हुदैन : रामचन्द्र पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको सरकार असफल हुदैमा कांग्रेस सफल नहुने बताएका छन् । 

कांग्रेसको केन्दीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको अर्थ राजनीतिक बिषयमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘यो सरकार असफल हुदैमा कांग्रेस सफल हुँदैन, धेरै कुरामा सुधार गर्नुपर्छ’ पौडेलले भने। 

संसारका ठुला ठुला आन्दोलन करबृद्धिको विरोधमा हुने गरेको र अहिले यो एजेण्डामा कांग्रेसले आन्दोलन गर्नुपर्ने उनले बताए। 

०४८ सालपछि बनेको कांग्रेस सरकारले ७० प्रतिशत रकम गाउँमा पठाएको तर अहिलेको सरकारले त्यतिनै बजेट केन्द्रमा राखेको पौडेलले बताए। पौडेलले कांग्रेसले जितेकोमा भन्द कम्युनिस्टले जितेको स्थानीय तहमा बढि कर बढाएको बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।