आइतबार, असोज ११, २०८३

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ।

आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो।

यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको छ। 

'पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडादर पनि घटेको हो,' विभागले भन्यो। पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा स्वचालित रूपमा सार्वजनिक यातायातको भाडादर बढाइएको थियो।

शनिबार नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो। सो निर्णय लागू भइसकेको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ।

सूची हेर्नोस्–

प्रकाशित: Jun 26, 2022| 11:49 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्