बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभालाई सम्बोधन गर्न ओली र प्रचण्डसँगै जनकपुर आउँदै

प्रदेशसभालाई सम्बोधन गर्न ओली र प्रचण्डसँगै जनकपुर आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–प्रधानमन्त्री केपी ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँगै जनकपुर आउने भएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र प्रचण्ड एकसाथ शनिबार जनकपुर पुग्ने कार्यक्रम रहेको छ ।

भाद्र २ गते प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुर आउन लागेका प्रधानमन्त्री ओलीको अध्यक्ष प्रचण्डसँगै धनुषाको बरमझिया पुग्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ। बरमझियामा सोहीदिन आयोजना हुन लागेको शहीद रामवृक्ष यादवको स्मृतिसभामा दुबै नेता सहभागी हुने विहिबार पत्रकार सम्मेलन गरेर नेकपाले जनाएको छ ।

शहीद यादवको २४ औँ स्मृतिसभामा दुबै नेताको सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा नेता एवम प्रदेश समिति कार्यदलका सदस्या विश्वनाथ साहले जनाए । बिहान ११ बजे प्रदेशसभालाई सम्बोधन गरेर दुबै नेता बरमझियातर्फ जाने उनको भनाइ थियो ।

प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम तय भएपछि तयारीलाई तीब्रता दिइएको छ । ओलीलाई जनकपुरमा स्वागत गर्न प्रदेश सरकार र प्रदेशसभा तयारीमा जुटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।