सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निगमले सार्वजनिक गर्‍यो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

निगमले सार्वजनिक गर्‍यो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। 

National life

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम गरिएको छ।  

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।  मन्त्री बडूले डिजेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका थिए। 

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ। एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो। कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ।

Shivam cement

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन्। त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ। हाल पूर्वाधार करबापत पेट्रोल/डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ। 

सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ। उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ लिने गरेको छ। नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ। त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्‍याइएको छ।


प्रकाशित: Jun 25, 2022| 17:08 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्