काठमाडौं- एनसेलको सेयर खरिदमा लाभकर कसले तिर्नुपर्ने भन्ने विवादका विषयमा बिहीबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।
नागरिक समाजका तर्फबाट दायर गरिएको रिट र कम्पनीका तर्फबाट दिइएको निवेदनलाई एर्कै ठाउँमा राखी बिहीबारबाट पूर्ण इजलासमा छलफल गर्न लागिएको हो ।
एनसेलले २४ अर्ब ५० करोड पैसा विदेश लगेपनि कम्पनी नेपालमै रहेकाले कर तिर्नुपर्ने दाबी रिटमा गरिएको छ । तर, एनसेले भने कर तिर्नु नपर्ने जिकीर गर्दै आएको छ ।
एनसेल र रिनोल्ड होल्डिङ्सले सर्वोच्चमा रिट हाल्दै आफ्नो पक्षमा आदेश लिई रकम विदेश लगेका थिए । एनसेल पक्षले हालेको मुद्दामै सर्वोच्च अदालतले कर असुल नभए पनि पैसला विदेश लैजाने बाटो खुला गरेपछि राष्ट्रबैंकले केही किस्ता रकम लैजान अनुमति दिएको थियो ।
तर अब दुवै पक्षको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएपछि के होला भन्ने कौतुहलता देखिएको छ । हालसम्म एनसेलले २४ अर्ब लैजाने अनुमति पाइसकेको छ।
तर उक्त रकम विदेश लैजान रोक्न माग गर्दै सर्वोच्चमा नयाँ मुद्दा दायर भएपछि उक्त निवेदनमा आदेश जारी हुन सकेको छैन् । उक्त विषयमा निर्णय लिन बिहीबारबाट बहस सुरु हुन लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४