अर्का पत्रकार थीरलाल भुसालले अहिले स्थानीय तहले २० वर्षको बक्यौता असुल्न खोजेको बताउँदै लेखेका छन्,
२०वर्षपछि गतसाल पनि स्थानीय तह चुनाव नभएको भए हामी अहिले पनि "चुनाव भएको भए चुनिएका स्थानीय प्रतिनिधिले त कम्तिमा बाटोका खाल्डाखुल्डी त पुर्थे,अरु बिकृति रोक्थे" भनिरहेका हुन्थ्यौं। तर मतदाताले के सोंचे, निर्वाचितले अहिले के देखाइदिए! छुटेको १५वर्षको बक्यौता समेत उठाउंदै हुन् कि!
— Thira L. Bhusal (@ThiraLalBhusal) August 15, 2018
पत्रकार उमेश चौहानको व्यंग्य छ, 'अब खोला तर्दा पनि जनतालाई कर। पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थाले। चटपटे बेच्नेलाई दैनिक २०, कुखुरामा २० र अण्डामा एक रुपैयाँ कर। नागरिकता सिफारिस गर्दा दुई हजार। स्थानीय जनप्रतिनिधि पनि दलकै नेता तर शीर्ष नेतृत्व किन मौन ?'
करको विरोध गर्न आग्रह गर्दै विश्वदीप ट्विटमा लेख्छन्, 'करको विरोध गर्ने कि कांग्रेस-कम्युनिस्ट भनेर हनुमानगिरि गर्ने? बुद्धिमा बिर्को लागेको भनेको यही हो।'
प्रविन बानियाँ जथाभावी कर उठाएकोप्रति आक्रोश पोख्दै संघीयताले किच्ने उल्लेख गर्दै लेख्छन्,
बाइकमा हाल्ने तेलमा कर, साइकल किन्दा कर, खसी–बोकामा पनि कर । था छैन– सरकार अझै के–के मा कर लाउन जोखाना हेर्दैछ !
संघीयताले किच्ने पो हजुर !
— Prabin Baniya (@prabinbaniya) August 14, 2018
जथाभावी कर उठाएकोप्रति देवेन्द्र बर्मा लेख्छन्, 'पहिला चन्दा उठाएर हैरान पार्थे। अहिले कर उठाएर हैरान पार्दैछन्। सुख कहिल्यै नदिने भए कम्युनिस्टहरूले।'
सरकारले सबै जिम्मा लिए आफू सास फेरेको पनि कर तिर्न तयार भएको बताउँदै मिलन पाण्डे लेख्छन्, 'स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मा सरकारले लिने हो भने म सास फेरेको पनि कर तिर्न तयार छु। तर, सुविधा छैन, आरनमा पनि कर, खोला तर्दा पनि कर, चटपटेमा पनि कर, हुँदाहुँदा खसी-बोकामा पनि कर तिर्न कर नगर सरकार। यो त अत्ति भयो, बिनासुविधाको कर।'
राधिका अधिकारीले लेखेकी छन्,
उनको फेसबुक स्टाटसमा लोकराज अधिकारीले कमेन्ट गरेका छन्-
वाह ! कुखुरीको भाले ?
अब करतिर काले
ओहो ! लोकल अण्डा ?
ल खा ! करको डण्डा
आहा ! झोर्ले खसी पनि
कर नतिरी सुख छ त नि ?
बारीमा डल्ले खुर्सानी
झालमा फलेको घिरौला
कर नतिरी कसरी खालास्
लु त ! हामी पनि हेरौंला
स्थानीय कर, प्रदेश कर
राष्ट्रिय कर, विरोध नगर
विरोध गर्नेलाई पनि अब
लगाइदिन्छु विरोधकै कर।
जय होस् नयाँ नेपालमा।