आइतबार, जेठ ६, २०८१

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

सेनेगलका फरवार्ड साडियो माने पछिल्लो समय बिदा मनाउन इंग्ल्यान्डबाट स्वदेश फर्किए। उनले त्यहाँ बिदा मनाए नै, आफ्नो गाउँका थप खेलाडीलाई प्रभाव पार्ने कामसमेत गरे।

triton college

जन्मथलो बम्बाली फर्किएका उनले फुटबल सुरु गरेको मैदानमा फेरि एक पटक फुटबल खेले। धुलाम्य हुँदै फुटबल खेलिरहेको फोटो विश्वभरि चर्चाको विषय बन्यो। त्यस्तै, चर्चा उनले गरेको कामले पनि पाइरहेको छ।

माने चाहन्छन्, आफ्नो गाउँ सानो बजार(टाउन)जस्तै बनोस्। सात वर्षको उमेरमै आफ्ना पिता गुमाएका माने आफ्नो गाउँप्रति उत्तरदायी देखिन्छन्। त्यसैले आफ्नो कमाइको ठूलो हिस्सा गाउँमै खर्चिरहेका छन्। अस्पताल र विद्यालय बनाउन मोटो रकम खर्चिए। त्यति मात्र होइन, उनले गाउँका विभिन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन्।  उनलाई थाहा छ, आर्थिक अभाव हुँदा मानिसको बाल्यकाल कस्तो हुन्छ भन्ने। बाबुआमाले स्कुल पठाउन नसक्दा कति पीडा हुन्छ, मानेलाई राम्रोसँग थाहा छ।

‘मेरा आमाबाबुसँग मलाई विद्यालय पठाउने पैसा हुँदैन्थ्यो,’ उनी विगतका दिन सम्झन्छन्, ‘म तीन/चार वर्षको थिएँ हुँला। जतिबेला पनि बलसँगै हुन्थेँ र बाटोमा बच्चाहरू आउने कल्पना गरिरहन्थें। जब उनीहरू आउँथे, म उनीहरूसँगै खेल्न थाल्थें।’

उनले यसरी नै बाटोमा फुटबल खेल्न सुरु गरे। उनको उमेर बढ्दै गयो, खेल हेर्न जान थाले, जतिबेला राष्ट्रिय टिमको खेल हुन्थ्यो। जब उनी आफ्नो आइडल त्यहाँ खेलिरहेका हुन्थे, तिनको ठाउँमा मानेले आफैंलाई सम्झिन्थे।

corrent noodles
Metro Mart


‘हरेक बिहान–बेलुका म साथीहरूसँग फुटबल खेल्ने जान्थें। जब म बालखै थिएँ, प्रिमियर लिगबारे मात्र सोच्थें, जुन टिभीमा हेर्ने गर्दथें। त्यो मेरा लागि ठूलो सपना थियो,’ माने भन्छन्।

बाल्यकालको बिताएको ठाउँमा केही दिन बसेपछि उनको बिदा सकिएको छ। बिदा मनाइसकेर माने व्यावसायिक फुटबल खेल्नकै लागि युरोप फर्किइसकेका छन्। तर उनको गन्तव्य बदलिएको छ। यसअघि उनी बिदा मनाएर लिभरपुल फर्किने गरेका थिए भने अहिले त्यस्तो भएन। उनी सीधै जर्मनी गए। मंगलबार मात्र बर्लिन पुगेका उनले त्यहाँको लिग  विजेता क्लबसँग बुधबार तीन वर्षका लागि सम्झौता गरिसकेका छन्।

मानेका बारेमा कुरा गर्दा लिभरपुल र उनको सम्बन्धबारे उल्लेख नगरिहुन्न। उनले त्यहाँबाट ६ वर्ष खेल्दा ठूलो उपलब्धि हासिल गरेका छन्। त्यसैले भन्छन्, ‘लिभरपुल मेरो सबैभन्दा नजिकको क्लब हो।’

सबै  कुरा सामान्य रहे अब कम्तीमा पनि ३३ वर्ष उमेरसम्म उनले बार्यन म्युनिखबाट खेल्नेछन्। बायर्न त्यही क्लब हो, जसले पछिल्लो सिजन जर्मनीको शीर्ष डिभिजनको बुन्डेसलिगाको उपाधि जित्यो। माने तिनै खलाडी हुन्, जसको देशले पछिल्लो अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।

मानेका बारेमा कुरा गर्दा लिभरपुल र उनको सम्बन्धबारे उल्लेख नगरिहुन्न। उनले त्यहाँबाट ६ वर्ष खेल्दा ठूलो उपलब्धि हासिल गरेका छन्। त्यसैले भन्छन्, ‘लिभरपुल मेरो सबैभन्दा नजिकको क्लब हो।’ पछिल्लो सिजनमा उनले क्लबलाई प्रिमियर लिगको उपाधि दिलाउन धेरै कोसिस गरे। ठूलो प्रयासका बाबजुद लिभरपुलले एक अंकले उपाधि गुमायो।

अर्को बलियो क्लब म्यानचेस्टर सिटीले उपाधि जित्दा लिभरपुललाई दोस्रो बनाउने क्रममा मानेले १६ गोल गरे। सबै प्रतियोगिताको हिसाब गर्ने हो भने उनले लिभरपुललाई २३ गोलको योगदान गरेका छन्।

पछिल्लो दुई वर्षमा उनको तलब बढेको थिएन तर लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको थियो। उनलाई लागेको थियो, लिभरपुल छाड्नुपर्छ अनि नयाँ चुनौती लिनुपर्छ।


यद्यपि प्रिमियर क्लब लिभरपुल छाड्नुअघि फरवार्ड साडियो मानेले आफू लिभरपुलको सबैभन्दा ठूलो फ्यान रहने बताएका थिए। यो उनको फुटबल करियरपछिको कुरा हो।  अब भने उनी लिभरपुलमा रहेनन्। उनले अहिले बायर्नलाई आफ्नो मान्नुपर्छ।

बायर्नसँगको सम्झौतापछि आफू खुसी भएको माने बताउँछन्। ६ वर्षको सफल यात्रापछि मर्सिसाइड क्लब छाड्दा लिभरपुलले ३५ मिलियन डलर कमाएको छ।

साउथ ह्याम्टनबाट उनले सन् २०१६ मा लिभरपुल पुगेका थिए, माने। साउथ ह्याम्टनमा रहँदा उनको एउटा रेकर्ड निकै गज्जबको छ। २०१४–१५ सिजनको अन्तिम खेल थियो। २ मिनेट ५६ सेकेन्डमा मानेले तीन गोल गरेर एस्टनल भिल्लाविरुद्ध ६–१ को जित निकाले।

अहिलेसम्म पनि उनले सबैभन्दा छोटो समय गरेको ह्याट्रिकको रेकर्ड तोडिएको छैन। त्यसको अर्को वर्ष उनले लिभरपुललाई हराउन दुई गोल गरे भने म्यानचेस्टर सिटीलाई हराउन हयाट्रिक गरेका थिए।

लिभरपुलमा जस्तै बायर्नबाट धेरै कुरा जित्न सक्ने उनको दाबी छ। ‘अहिले बायर्नमा आइपुग्दा धेरै खुसी छु,’ मानेले भनेका छन्।

बेतोड प्रदर्शन देखेर लिभरपुलले उनका लागि ३४ मिलियन डलर खर्च गरेको थियो। यससँगै उनी सबैभन्दा महँगा अफ्रिकन खेलाडी बने। त्यसपछि लिभरपुलबाट उनले एफए कप, च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जिते। त्यस्तै, उनले त्यहाँबाट ईएफएल कप, क्लब विश्वकप र यूईएफए सुपर कप पनि जितेका थिए। उनले सबै प्रतियोगितामा १२० गोल गरे।

लिभरपुलमा जस्तै बायर्नबाट धेरै कुरा जित्न सक्ने उनको दाबी छ। ‘अहिले बायर्नमा आइपुग्दा धेरै खुसी छु,’ मानेले भनेका छन्, ‘हामीबीच धेरै कुरा भए। मलाई पनि यहाँ आउनु ठीक हो जस्तै लाग्यो र यो टिमसँग खेल्न उत्साहित भएँ। त्यसैले मेरा लागि चुनौती लिन सही समय थियो। अब यहाँबाट धेरै जित्न मन छ।’

यस  अगाडि साल्जबर्गमा खेल्दा मानेले बायर्नको खेल धेरै हेर्ने गरेको बताएका छन्। मानेको व्यावसायिक फुटबलमा यो पाँचौं क्लबसमेत हो। उनले सुरुमा मेट्ज र रेडबुल साल्जबर्गबाट पनि खेलेका थिए।

‘साडियो माने विश्वस्तरीय स्टार खेलाडी हुन्। उनको खेल विश्वले हेर्छ,’ बायर्नका अध्यक्ष हर्बर्ट हेनरले भनेका छन्, ‘बायर्नले यो स्तरको खेलाडी अनुबन्ध गर्नु राम्रो हो।’

क्लबले उनलाई अनुबन्ध गरेपछि प्रशिक्षक जुलियन नागेल्समेन पनि सन्तुष्ट छन्। मानेभन्दा ५ वर्ष जेठा प्रशिक्षक नागेल्समेन भन्छन्, ‘उनी युरोपियन शीर्ष डिभिजनको फुटबलमा ठूलो नाम हो। पहिलो वार्तालापबाटै म मानेसँग धेरै खुसी छु। उनले मसँग निःस्वार्थ प्रभाव पारेका छन्, जुन असामान्य छ।’

यही वर्ष मात्र मानेले महादेशीय उपाधि जितेको कुरा नागेल्समेनले बिर्सिएका छैनन्। उनी भन्छन्, ‘ती खेलाडी, जसले अन्तर्राष्ट्रिय खेलमा पनि सफलता पाइरहेको छ। मानेले खेलेका हरेक लिगमा पारेको प्रभावले उनको नाम स्थापित गरेको हो।’
वार्ताका क्रममा पनि नागेल्समेन मानेप्रति निकै उदार छन्। त्यो मानेको गफगाफको शैलीको उपज रहेको नागेल्समेन नै बताउँछन्। पहिलो वार्तालापमै प्रशिक्षकलाई माने मन परेको छ। उनको भनाइबाटै यो थाहा पाउन सकिन्छ।

‘मानेले निःस्वार्थ रूपमा कुनै पनि पोजिसनमा खेल्छु भनेका छन्। क्लब र प्रशिक्षकको कामको समय यसरी पहिलो वार्तालापमै खेलाडीले आफ्नाबारे खुलेर भन्ने कमै दखेको छु,’ नागेल्समेनले भनेका छन्, ‘उनले मलाई खेलाउनैपर्छ अथवा म आउँदिनँजस्तो केही भनेका छैनन्। उनको माग पनि कम छ। त्यसको बदालामा उनी धेरै उत्साही छन्।’

अहिलेको अवस्था हेर्ने हो भने प्रिमियर लिगमा खेलिरहेका खेलाडीलाई बुन्डेसलिगमा भित्र्याउन सजिलो छैन। धेरै खेलाडी इंग्ल्यान्डबाट जर्मनी जानै मान्दैनन्। जाने भइहाले पनि उनीहरूलाई धेरै  तलब दिनुपर्ने हुन्छ।

तर मानेको सन्दर्भमा यस्तो भएन। बायर्नले प्रस्ताव गरेको थियो। त्यसपछि मानेले इच्छा देखाइहाले। माने बार्यनमा अनुबन्धका लागि राजी भएपछि ठूलो खेलाडी ल्याएको अनुभूति उक्त क्लबलाई भएको थियो।

‘हामी बायर्न म्युनिख हो। हामीले स्टार खेलाडीको बिंडो छोड्नुहुँदैन। तर कहिलेकाहीँ किन्ने क्षमताको समस्या हुने गर्दछ, विशेषतः इंग्ल्यान्डमा खेलिरहेका खेलाडीहरू ल्याउने सन्दर्भमा। यसको कारणचाहिँ उनीहरूले हाम्रो तलब स्केल स्वीकार्दैनन्। तर मानेको हिसाबमा यस्तो भएन। उनले यहाँ खेल्न ठूलो इच्छा देखाए,’ नागेल्समेनले भनेका छन्।

विश्वकै ठूलो क्लबका प्रशिक्षक भएका नाताले नागेल्समेनलाई थाहा छ, माने चारदेखि पाँच ठाउँमा सजिलै खेल्न सक्छन्। किनभने, बायर्न म्युनिखमा अहिले अट्याकिङमा खेल्न बायर्नसँग रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री, लेरोय साने, थोमस मुलर, चुपोमोटिङ, किंग्सले कोमनजस्ता खेलाडी छन्।

बायर्नलाई अझै धेरै लिग जित्नु छ। विशेषगरी च्याम्पियन्स लिग। त्यसका लागि बायर्नले उनलाई विशेष हतियार बनाउनेछ। इंग्ल्यान्डबाट जर्मनी जान मानेलाई कन्भिन्स गराउन यो कुरा मुख्य हुने सक्ने नागेल्समेनको आकलन छ।

नागेल्समेन भन्छन्, ‘मानेले क्बलमा बनाउन सक्ने क्षेत्र पनि हो। त्यसैले बार्यन आउन चाहे। तर म अचम्मित भएँ, उनले हाम्रो अनुरोधको त्यति चाँडै प्रतिक्रिया दिएका थिए।’

बायर्नको खेल योजनामा माने कता अटाउलान् ? अनुबन्धपछि यही प्रश्न नागेल्समेनलाई सोधियो।

विश्वकै ठूलो क्लबका प्रशिक्षक भएका नाताले नागेल्समेनलाई थाहा छ, माने चारदेखि पाँच ठाउँमा सजिलै खेल्न सक्छन्। किनभने, बायर्न म्युनिखमा अहिले अट्याकिङमा खेल्न बायर्नसँग रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री, लेरोय साने, थोमस मुलर, चुपोमोटिङ, किंग्सले कोमनजस्ता खेलाडी छन्। उनीहरूमाझ नागेल्समेनलाई मानेको स्थान सुरक्षित गर्न भने गाह्रो छ।


‘उनले अन्तिम सिजनमा लिभरपुलबाट सेन्ट्रल स्ट्राइकमा खेलिरहेका छन्। त्यसअघि उनले साउथह्याम्टनमा विङबाट खेल्ने गरेका थिए। त्यस्तै, साल्जबर्गमा रहँदा उनले डाइमन्ड मोडमा अघिल्ला दुई खेलाडीमध्ये रहेर पनि खेलिसकेका छन्।  उनले फरक कुरा फरक फरक तरिकाबाट गर्न सक्छन्,’ उनले आफ्नो रणनीतिक सम्भावनाबारे बोले।

नागेल्समेनमा के लोभ देखियो भने उनले फरक ठाउँमा खेल्न सक्ने एकै खेलाडी किन्न सस्तो पर्ने ठाने। उनको भनाइले त्यही पुष्टि गर्छ। ‘एकै खेलाडी फरक पोजिसनमा खेल्न सक्ने कुराले म खुसी  छु। पाँच ठाउँमा खेल्ने पाँच खेलाडीभन्दा पाँच ठाउँमा खेल्न सक्ने एउटै खेलाडी भए हामीलाई सस्तो पर्ने भयो,’ उनले भने।

यो कुराले उनलाई खेलाडी प्रतिस्थापन गर्न र खेलबीचमै रणनीति परिवर्तन गर्न पनि सजिलो भयो। यद्यपि अट्याकिङ मिडफिल्डमा पनि उस्तै पेचिलो स्क्वाड रहेको बायर्नमा उत्तिकै जोशका साथ खेल्न मानेलाई सजिलो भने छैन।

एउटा समय थियो, मानेलाई परिवारले फुटबलमा लाग्न दिँदैनथे। राष्ट्रिय टिममा परेर विश्वकप खेलिसकेपछि पनि उनलाई फुटबलमा नलाग्न परिवारले दबाब दिइरह्यो। तर मानेले अटेर गरिरहे। तिनै खेलाडी आज ग्लोबल स्टार बनेका छन्।

‘सन् २००२ को विश्वकपपछि, म र मेरा साथीहरूले हाम्रो गाउँमा टुर्नामेन्ट गर्न थाल्यांैं। ममा उत्कृष्ट बन्ने र हरेक खेल जित्ने दृढता बढ्दै गएको थियो,’ उनले भनेका छन्, ‘सबैले मलाई गाउँमा उत्कृष्ट मान्थे तर मेरो परिवारले फुटबल खेल्न दिँदैनथ्यो, विशेषतः मेरा काकाले। तिनीहरू धर्ममा ठूलो विश्वास राख्छन् र मेरा लागि फुटबलभन्दा फरक कुरा चाहन्थे।’

उतिबेला कष्टकर जीवन बिताएका माने अलि लोभलाग्दो जीवन बिताइरहेछन्।

प्रकाशित: Jun 25, 2022| 07:41 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।