मंगलबार, चैत ३, २०८२

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ३२६ जना दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

रुपन्देही- लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ। लुम्बिनीमा विशेष समारोहको आयोजना गरी विद्यावारिधि गरेका १२, स्नातक तह अध्ययन गरेका ३७ र स्नातकोत्तर तह पूरा गरेका २७७ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।

National life

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको विशेष समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पससहित विभिन्न क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जानकारी दिए। 

शैक्षिक विकासको अनुष्ठानका लागि विश्वविद्यालयमा भर्ना भई विभिन्न शैक्षिक कार्यक्रमका तोकिएका मापदण्ड पूरा गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको उनको भनाइ छ। 

समारोहका प्रमुख अतिथि नालन्दा विश्वविद्यालयका उपकुलपति सुनैना सिंहले बुद्धले प्रतिपादन गरेको शिक्षा आज विश्वकै लागि अनुकरणीय रहेको बताए। अहिले नेपाल, भारतलगायत विभिन्न देशमा बुद्धले प्रतिपादन गरेको शिक्षाको अभ्यास हुने गरेको बताउँदै उहाँले विश्वशान्तिका लागि यो आवश्यक रहेको उल्लेख गरे। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि लाग्न आग्रह गर्दै दीक्षित भएकाहरुलाई शुभकामना दिएका थिए। 

Laxmi sunrise bank
kumari

विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले गौतमबुद्धबाट प्रतिपादित शील, समाधि र प्रज्ञामा आधारित शिक्षाको महत्वलाई आत्मसात् गर्दै शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवर्द्धन गर्न उच्च शिक्षाको महत्वपूर्ण जिम्मेवारीसहित लुम्बिनी बौद्ध विश्वविद्यालको स्थापना भएको बताउँदै सोही अनुसार शैक्षिक कार्यक्रम अघि बढाएको उल्लेख गरे। 

प्रकाशित: Jun 24, 2022| 22:30 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्