काठमाडौं- गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआर्इजी)को सरुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले डीआर्इजीहरू महेशबिक्रम शाह, सुरेशबिक्रम शाह, सुरज केसी र धिरु बस्नेतको सरुवा गरेको हो ।
महेशबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ सुर्खेत पठाएको छ भने सुरेशबिक्रम शाहलाई प्रदेश नम्बर ६ सुर्खेतबाट तालिम निर्देशनालयमा तानेको छ ।
यस्तै, सुरज केसीलाई सुरक्षा व्यवस्थापन निर्देशनालय नक्सालबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ मा पठाएको छ । धिरु बस्नेतलाई भने सुरक्षा व्यवस्थापन निर्देशनालयमा तानेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४