बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : माछा मार्नदेखि जीवित प्रमाणित गर्नसम्म कर

आजका अखबार : माछा मार्नदेखि जीवित प्रमाणित गर्नसम्म कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कसैले स्थानीय सरकारको कर आतंकलाई मुख्य समाचार बनाएका छन् भने कसैले फौजदारी संहितामार्फत प्रेसमाथि कडा अंकुश लगाउन लागिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले 'करको बबन्डर' शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले 'जीवित भएको प्रमाण लिन कर' शीर्षकमा प्रमुख खबर लेखेको छ । रुकुम र काठमाडौं महानगरपालिकाले जिवितै रहेको प्रमाणित गर्न पनि कर लिने भएका छन् । 

नयाँ पत्रिकाका अनुसार रुकुमको आठबिसकोट नगरपालिकाले गरिब प्रमाण्ति गर्दा पनि कर लिने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मकै पोल्नेलाई दैनिक ४५ रुपैयाँ कर लगाएको छ भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले भैसी बेच्दा १ हजार रुपैया कर तिर्नु पर्ने नियम बनाएको छ ।

यस्तै डोकोमा साग बजार पुर्याउने किसानसंगदेखि मेहेन्दी लगाउनेसम्मसंग स्थानीय सरकारले कर असुल्न थालेको नयाँ पत्रिकामा उल्लेख छ । 

अन्नपूर्णका अनुसार अछामको रामारोशन र तुम्राखाँद  गाउँपालिकाले माछा मार्ने जालसमेत दर्ता गर्नुपर्ने र सोहि बमोजिम कर बुझाउनु पर्ने नियम बनाएको छ । धनगढी उपमहानगरपालिकाले साइकल चड्दा पनि कर लिने भएको छ ।

यस्तै उसले डुङ्गाबाट खोला तर्दा प्रतिब्यक्ति २५ रुपैया कर तिर्नु पर्ने, गाईवस्तु खसी बोकाको १५ रुपैया तिर्नुपर्ने समेत प्रावधान बनाएको छ । कैलालीको गादावारी नगरपालिकाले चट्पटे र बदाम बेच्नेलाई दैनिक २० रुपैया कर लगाएको अन्नपूर्णले लेखेको छ । 

आजको कान्तिपुर दैनिकले भने फौजदारी संहितामार्फत प्रेसमाथि कडा अंकुश लगाउन लागिएको विषयलाई प्राथमिकताका साथ छापेको छ । समाचारमा जनाइए अनुसार भदौ १ देखि लागू हुन लागेको मुलुकी फौजदारी संहितका गोपनीयता र गाली बेइज्जतसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको भएको छ  । 

यस्तै कान्तिपुरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरणमैत्री (विद्युतिय) सवारी साधान सञ्चालन स्वीकृति दिन आलटाल गरेको पनि खबर लेखेको छ । 'सहरभित्र खोलाको वितण्डा' शीर्षकमा मुख्य समाचार छापेको आजका नागरिक दैनिकले भने सत्य निरुपण आयोगले सरकारलाई सचेतपत्र पठाउने भनि गरेको निर्णयलाई एङ्कर न्यूज बनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।