सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४५ पैसा र बिक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर ३३ रुपैयाँ ४७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।    -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 24, 2022| 07:08 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्