बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं प्रहरी प्रमुखमा लामा र ललितपुरमा धानुकको सरुवा

काठमाडौं प्रहरी प्रमुखमा लामा र ललितपुरमा धानुकको सरुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ।  

काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालार्इ सरुवा गरेको छ भने ललितपुर महानरीय प्रहरी परिसरको जिम्मेवारी एसएसपी रविन्द्र धानुकलार्इ दिइएको छ। 

लामा यसअघि प्रहरी हेडक्वार्टरमै थिए। एसएसपी लामा मोरङमा भएको सनम शाक्य र सुन तस्करी घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए। 

एसएसपी धानुक पहिला दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका थिए। प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएपछि (आइजीपी) काठमाडौं प्रहरी परिसर प्रमुख रहेका धानुक पाँच महिना अघि सरुवा भएका हुन्। 

यसअघि ललितपुरको कमाण्ड एसएसपी गणेश ऐरे सम्हालेका थिए भने काठमाडौंको कमाण्ड एसएसपी विश्वराज पोख्रेलले सम्हालेका थिए। पोखरेलको ६ महिनामा सरुवा भएका छन्।  उनीहरुलार्इ कहाँ पठाउने भन्ने टुंगो लागि नसकेको प्रहरी उच्च स्रोतले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।