मंगलबार, चैत ३, २०८२

संस्कृत विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई नेविसंघको आग्रह

नेपाल विद्यार्थी संघले नेपाल संस्कृत विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो माग अघि सारेको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- नेपाल विद्यार्थी संघले नेपाल संस्कृत विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो माग अघि सारेको हो। 

National life

विश्वविद्यालयका पदाधिकारीले एमालेको मात्र ताबेदारी गरेको, विश्वविद्यालयकै पदाधिकारीले संस्थालाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको भन्दै नेविसंघले तत्काल समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो। 

'विश्वविद्यालय नेतृत्वले समस्या सिर्जना गरिरहेको अवस्थामा हामी नेपाल सरकार, शिक्षा मन्त्रालय र कूलपतिको हैसितमा रहनुभएका प्रधानमन्त्रीलाई आवश्यक निर्देशन र नियमन गरी संस्थालाई सही ट्रयाकमा हिंडाउन सक्रिय हुन विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ,' नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विश्वविद्यालयका प्रचलित ऐन/नियम मिचेर आवश्यकता र औचित्यको अध्ययन नै नगरी आफूनिकट दलका कार्यकर्ता भर्ती गर्न लागिएको आरोप लगाउँदै आफूहरुले आन्दोलन गर्नुपरेको नेविसंघको भनाइ छ। 'हामी सदैव खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताको पक्षमा छौँ। त्यो नियमसम्मत र प्रतिस्पधाको विश्वसनीयतामा आधारित हुनै पर्दछ,' नेविसंघले भनेको छ। 

एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भने नेविसंघले ताला लगाएर आफू अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको बागडोर जिम्मा लगाउने प्रयत्न गरेको आरोप लगाएपछि नेविसंघले त्यसको विरोध गरेको छ। 'हामीसँग कुनै संवाद र समन्वय नै नगरी परिवर्तनका मुद्दामा सहयात्रा गरिरहेको सहकर्मी विद्यार्थी संगठनबाट यस्तो आरोप आउनुले हामीलाई गम्भीर बनाएको छ,' नेविसंघको भनाइ छ। 

Laxmi sunrise bank
kumari

नेविसंघले विभिन्न माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको छ। आफूहरूको तालाबन्दीले पठनपाठन र परीक्षा कार्यक्रममा कुनै पनि असर नपरेको उसको दाबी छ।  

विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन उद्यत वर्तमान पदाधिकारीबाट संस्थाको भविष्य नरहेको नेविसंघको भन्दै नेविसंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। आफूहरूका माग तत्काल पूरा नगरे उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने संघको चेतावनी छ। 

प्रकाशित: Jun 23, 2022| 21:48 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्