मंगलबार, चैत ३, २०८२

स्वास्थ्य बिमा सेवा बन्द नगर्न अस्पतालहरूलाई बोर्डको आग्रह

अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेपछि स्वास्थ्य बिमा बोर्डले सेवा नरोक्न आग्रह गरेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेपछि स्वास्थ्य बिमा बोर्डले सेवा नरोक्न आग्रह गरेको छ।

National life

बिहीबार बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै जनशक्ति अभावका कारण चालू आर्थिक वर्षको जेठ १५ सम्म आएका दाबीहरुलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको बताएका छन्। 

उनले आगामी आर्थिक वर्षमा वैज्ञानिक परीक्षण प्रणाली अपनाएर बिमाको भुक्तानीलाई सहज बनाउने समेत जनाएका छन्। ‘हाल केही सेवाप्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिने भन्ने सूचना प्रकाशित गरेको पाइएको छ।

तर, स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधी, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भएर बोर्डबाट प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘र, परीक्षण भएका दाबीहरुको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।’

बोर्डले समयमा भुक्तानी नदिएको भन्दै केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका बेला बोर्डले सबै भुक्तानी हुने भन्दै बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 23, 2022| 17:53 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्