मंगलबार, चैत ३, २०८२

बढ्दै कोरोना संक्रमण, बिहीबार थपिए ४९

कोरोना संक्रमित हुनेको संख्या गत आइतबारदेखि बिहीबार हालसम्मकै बढी भएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। यो संख्या गत आइतबारको भन्दा करिब दोब्बर हो।

National life

गत आइतबार २३ जनामा कोरोना संक्रमित भएकामा सोमबार २८ जना संक्रमित भएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार गत मंगलबार १९ जना संक्रमित भएकामा बुधबार यो संख्या बढेर ३१ पुगेको थियो। तर बिहीबार भने कोरोना संक्रमित हुनेको संख्या बढेको हो।

मन्त्रालयका अनुसार बिहीबार १ हजार २३४ जनामा गरिएको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ। यीमध्ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसन र १ जना आइसीयूमा छन्।

Laxmi sunrise bank
kumari

बिहीबार ४९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १९ हजार ८६६पुगेको छ। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jun 23, 2022| 17:22 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्