मंगलबार, चैत ३, २०८२

काठमाडौंका पाँच ठाउँमा हैजा पुष्टि

काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक–एकजना बिरामी भेटिएका छन्।  

National life

महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना संकलन गरी जाँच गर्दा हैजा गराउने जीवाणु पाइएको हो। हैजा पुष्टि भएका सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको महाशाखाले पुष्टि गरेको छ।

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ। टोलीका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीका अनुसार प्रारम्भिक नतिजा हेर्दा हैजा पुष्टि भएका बिरामीहरुले खानयोग्य पानी नखाएको पाइएको छ।

महाशाखाले पानीका थप नमुना लिने, शंकास्पद केसको निगरानी गर्ने, जनचेतना फैलाउने लगायतका काम गरिरहेको छ। काठमाडौंका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने महाशाखाका प्रमुख डा. दासको अनुमान छ।

प्रकाशित: Jun 23, 2022| 16:24 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्