आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेवानिको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त

नेवानिको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ। निगमका वरिष्ठ क्याप्टेन ज्वारचनलाई बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले अस्थायी नियुक्ति दिएको हो।

ज्वारचन निगमको न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत हुन्। ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ।

ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रु विभागका निर्देशक थिए। कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व उनैले गरेका थिए। 

प्रकाशित: Jun 23, 2022| 14:58 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्