सोमबार, असार ८, २०८३

सेयरबजार लेयर्स कुखुराजस्तो : गजेन्द्रबहादुर महत

प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले सेयरबजारलाई लेयर्स कुखुराजस्तै भएको बताएका छन्। अण्डा पारुन्जेल फाइदा लिने र अण्डा दिन छोडेपछि लगानीकर्ताहरूले गुनासो गर्ने भएकाले सेयर बजारमा सचेत भएर लगानी गर्न उनको आग्रह छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले सेयरबजारलाई लेयर्स कुखुराजस्तै भएको बताएका छन्। अण्डा पारुन्जेल फाइदा लिने र अण्डा दिन छोडेपछि लगानीकर्ताहरूले गुनासो गर्ने भएकाले सेयर बजारमा सचेत भएर लगानी गर्न उनको आग्रह छ।

National life

'सेयर बजारबारे कुरा उठिरहेको छ। यो क्षेत्र मलाई लेयर्स कुखुराजस्तो लाग्छ। फुल पारुन्जेल किसानले फाइदा गर्छ। फुल पार्न छाडेपछि सडकमा ल्याएर सस्तो दाममा बेच्छ,' बिहीबार प्रतिनिधिसभा बैठकमा सहभागी उनले भने, 'लेयर्स कुखुरा किनेर फाइदा भएन डुबियो, मर्छु भन्नुभएको छ। लेयर्स कुखुराको बिमा गरिदिनुपर्‍यो। अण्डा दिन छोडेको कुखुरा किन्ने अनि फाइदा खोज्नु भएन।'

अमेरिकी सेनासँग नेपाली सेनाको साझेदारीका लागि भएको सम्झौताको प्रस्ताव (एसपीपी)बारे एमाले सरकार भएकै बेला पत्राचार भएको तर अहिले जानकारी नदिइएको बताएको प्रति पनि उनले आक्रोश व्यक्त गरे। 'एसपीपीबारे प्रमुख प्रतिपक्षी दलले जानकारी नदिएको बताएको छ। सामान्य कर्मचारीले जानकारी दिएन भने अहिले देउवाले कसरी जानकारी दिनुहुन्छ? थाहै भएन भन्ने प्रचलन छ। त्यो राम्रो होइन,' उनले भने।

न्यायालयमा न्याय पनि बिक्रीमा रहेको विषय कोट्याएका उनले नेपालको न्यायालयमा जात्रा चलेको बताए। 'हिजो मात्र अदालतको कुरा आइसकेको छ। न्यायलयमा जुन जात्रा चलिरहेको छ। न्यायालयको अखडा बनेको छ,' उनले थपे, 'अब पनि न्यायलयबारे बहस गर्न सकेनौं भने विचाराधिन मुद्दामा बहस गर्नुपर्छ। हिजोको जात्रालाई पनि टुलुटुलु हेरेर बस्न हुँदैन।'

प्रकाशित: Jun 23, 2022| 14:48 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्