बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शुक्रबारदेखि टाटा मोटर्स कार मेला, गाडीको खरिदमा ४ लाखसम्म छुट

शुक्रबारदेखि टाटा मोटर्स कार मेला, गाडीको खरिदमा ४ लाखसम्म छुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले वार्षिक रुपमा आयोजाना गर्दै आएको टाटा मोटर्स कार मेलाको सिजन-६, शुक्रबार बिहान ११ बजेदेखि काठमाण्डौको नक्सालमा शुरु हुने भएको छ। 

कम्पनीकोअनुसार मेला तीन दिनसम्म चल्ने छ। मेलामा मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाखसम्मको विषेश छुट, २ लाखसम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स, बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत योजना राखिएको छ।
 
गाडी बुकिङ गर्दा गोला प्रथामार्फत जोडीलाई यूरोप, थाइल्याण्ड टुर, एक थान हिराको औठी पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्रमार्फत होलिडे प्याकेज, फेसबुक प्रतियोगिताअन्तर्गत लक्कीड्रमा प्रत्येकदिन मोबाइल प्रदान गरिने जनाइएको छ।
 
निःशुल्क प्रवेशको व्यवस्था गरिने उक्त कार प्रदर्शनीमा २ हजारभन्दा बढी दर्शकहरु सहभागी हुने अपेक्षा कम्पनीले राखेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्